इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित शिवालय टोलबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
असार १२ गते (हिजो) राति १०ः४० बजे विशेष सूचनाका आधारमा जनताबस्ती अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नन्दलाल बिकको घरमा खानतलासी गर्दा ब्राउन सुगर बरामद गरिएको हो।
घरको एउटा कोठामा कालो प्लास्टिकमा पोको पारेर लुकाइछिपाई राखिएको अवस्थामा १.६४ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
उक्त कोठामा बस्दै आएका नन्दलाल बिकका ३४ वर्षीय छोरा प्रकाश बिक र सोही घरमा डेरा गरी बस्ने उदयपुरको बेलका नगरपालिका–४ घर भएका ३१ वर्षीय दिनेश आलेलाई लागू औषधसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागूऔषध बिक्री वितरणको आशंकामा उनीहरूमाथि लागू औषध सम्बन्धी मुद्दामा कारबाही अघि बढाइने प्रहरीले बताएको छ ।
प्रतिक्रिया