इटहरीकी मिसु प्रधानले एसइईमा ४ जिपिए ल्याइन्

शनिबार, १४ असार २०८२

इटहरी : इटहरी–५ मा अवस्थित मकालु इङ्लिस बोर्डिङ स्कुलकी छात्रा मिसु प्रधानले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४.० जिपिए हासिल गरेकी छन्।

विद्यालयले परीक्षा दिएका ३१ जना सबै विद्यार्थी उत्तीर्ण भएका छन् भने प्रधान सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी बनेकी हुन्।

विद्यालयकी अत्यन्तै मेधावी विद्यार्थी मानिने प्रधान यसअघि फक्तालुङ मिडिया प्रालिद्वारा आयोजित प्रदेशस्तरीय बक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी थिइन्।

उनले उक्त प्रतियोगितामा नगद ६० हजार रुपैयाँ र  थान मेडल जितेकी थिइन्।

विद्यालयका प्रिन्सिपल थानेस्वर ढकालका अनुसार मिसु प्रधान अनुशासित,परिश्रमी र बहुप्रतिभाशाली विद्यार्थी हुन्।

उनले शैक्षिक तथा अतिरिक्त क्रियाकलाप दुवै क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै विद्यालयको प्रतिष्ठा बढाएको विद्यालयले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार