बारा : बाराको जितपुरसिमरा उपमहानगरपालिकामा अवस्थित जगदम्बा स्टिल्स उद्योगको भट्टीमा बुधबार राति भीषण विस्फोट भएको छ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार, विस्फोट राति करिब ९स्१५ बजे भएको हो। विस्फोटको आवाज टाढासम्म सुनिएको स्थानीयवासीहरूले बताएका छन्।
उक्त भट्टीमा फलाम पगाल्ने काम हुँदै आएको थियो। हाल प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा सुरक्षाका उपायहरूमा जुटिरहेको जनाइएको छ।
प्रहरी अधिकारीका अनुसार, विस्फोटको ठ्याक्कै कारण यकिन भइनसकेको र कति जनालाई क्षति पुग्यो वा औद्योगिक संरचनामा कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको छ।
प्रतिक्रिया