मल अभाव नहुने कृषिमन्त्रीको दाबी, वितरण प्रणाली अझै चुनौतीपूर्ण

शुक्रबार, २० असार २०८२

काठमाडौं : लामो समयदेखि वर्षायाम सुरु हुनुअघि रासायनिक मलको अभावको समस्या झेल्दै आएका नेपाली किसानका लागि राहतको खबर आएको छ। कृषिमन्त्री रामनाथ अधिकारीले अबदेखि मल अभाव नहुने दाबी गरेका छन्। 

शनिबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टी नेताहरुलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले १ लाख १० हजार टन रासायनिक मल नेपाल भित्रिसकेको जानकारी दिएका थिए । उनका अनुसार देशभरका ३७ वटा गोदाममा धमाधम मल लोड भैरहेको र भोलिसम्म ती गोदाममा मल पुगीसकेपछि बजारमा अभावको समस्या अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

मन्त्रीको दाबीले सरकारको तत्परताको सन्देश दिएको भए पनि वास्तविक चुनौती भने वितरण प्रणालीमा रहेको कृषक नेता र क्षेत्रीय आपूर्तिकर्ताहरू बताउँछन्। मल समयमै गोदाम पुगे पनि त्यसलाई टोल, गाउँ र खेतसम्म पुर्‍याउने संरचना कमजोर हुँदा धेरै किसानले समयमा मल नपाउने अवस्था दोहोरिने खतरा औंल्याइएको छ।

कृषि मन्त्रालयमार्फत र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तथा स्थानीय तहमार्फत बजेट विनियोजन भएको जानकारी बैठकमा गराइएको थियो। मन्त्री अधिकारीका अनुसार रासायनिक मलका लागि मात्र २७ अर्ब रुपैयाँ छुट्याइएको छ। यद्यपि, योजनाका शीर्षक कटौती गरेर थप १ अर्ब ८२ करोड रुपैयाँ मल आपूर्तिमा समावेश गरिएकाले आगामी वर्ष पनि मल अभाव नहुने उनको दाबी छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार