इन्द्रसरोवरमा इभी गाडी दुर्घटना

शुक्रबार, २० असार २०८२

हेटौँटा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा इभी गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । 

शुक्रवार दिउँसो हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०५५१ नम्बरको इभी गाडी भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सडकको घुम्तीमा ब्रेक लगाएपछि गाडीको टायर चिप्लिएर सवारी करिब १५ मिटर तल खस्दा दुर्घटना भएको हो । 

दुर्घटनामा पर्सा जिल्ला, जिरा भवानी गाउँपालिका–३ का ३५ वर्षीय चन्द्र सन्जु गौरे, भारत बिहारका ९ वर्षीय रिसाहद कुमार, ३५ वर्षीय उमाशंकर कुमार, २७ वर्षीय जताशंकर कुमार र राकेश कुमार घाइते भएका छन्।घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

यस घटनापछि गाडी चालक बारा जिल्लाको परमाणीपुर गाउँपालिका–२ का २२ वर्षीय राजाराम साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार