सुर्खेत : हुम्लाबाट बिरामी बोकेर काठमाडौका लागि उडेको प्रभु हेलिकप्टर दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको छ ।
एनजि–एएनएल कल साइनको हेलिकप्टर खराव मौषमका कारण दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुंगेश्वरमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।
हुम्लाको हिल्साबाट विरामी लिएर काठमाडौंका लागि उडेको हेलिकप्टर बाक्लो कुहिरोका कारण अगाडिको बाटो देख्न नसकेपछि आकस्मिक अवतरण गरिएको प्रभु हेलिकप्टरका प्रवक्ता नोवेलकुमार राजलवटले बताए ।
दिउँसो २ः३० दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको हेलिकप्टरमा टाउकोमा चोट लागेको विरामी र चालक दलका दुई जनासहित पाँच जना यात्रु थिए । मौषम खुलेपछि हेलिकप्टर साँझ ५ बजे सुर्खेत विमानस्थलमा अवतरण गरिएको छ ।
प्रतिक्रिया