विराटनगरबाट ब्राउन सुगरसहित काठमाडौंका २ युवा पक्राउ

आइतबार, २२ असार २०८२
साङ्केतिक तस्बिर

विराटनगर । काठमाडौं घर भएका २ जना युवा विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका छन् । 


कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार काठमाडौं महानगरपालिका–३ का २१ वर्षीय अनमोल भण्डारी र २० वर्षीय प्रज्वल बस्नेतलाई शनिबार साँझ पक्राउ गरिएको हो । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले उनीहरुलाई पक्राउ गरेको पोखरेलले बताए । 


उनका अनुसार भारतको जोगवनीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) खरिद गरेर आउँदै गरेका उनीहरुलाई विराटनगर महानगरपालिका–१६ बाट पक्राउ गरिएको हो । परेकाको साथबाट २० ग्राम ३७ मिलिग्राम खैरो हेरोइन बरामद भएको छ । 
भण्डारी र बस्नेतविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी एसपी पोखरेलले दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार