जनाधार जोगाउन पार्टी गम्भीर हुनुपर्नेमा कांग्रेस प्रवक्ता डा.महतको जोड

आइतबार, २२ असार २०८२

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्कँदै गएको प्रति गम्भीर ध्यान दिन आग्रह गरेका छन् । केन्द्रीय समितिको बैठकमा उनले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति र विचारमा आधारित मतदाता वर्ग जोगाउन नसके आगामी निर्वाचनमा कांग्रेस कमजोर हुने बताए ।

डा. महतले पार्टीभित्र आन्तरिक विवाद, सक्रिय सदस्यता अभियानमा कमजोरी र सामाजिक सञ्जालमा नेताबीच आक्रमणले जनविश्वास घटाएको चिन्ता व्यक्त गरे । उनले पार्टीले महिला संगठनलाई गाउँस्तरमा सशक्त बनाउनुपर्ने र प्रवासी नेपालीहरूलाई जोड्न ग्लोबल समन्वय आवश्यक रहेको उल्लेख गरे ।

गठबन्धन सरकारमा कांग्रेसको प्रभाव बढाउनुपर्ने, प्रदेश सरकारहरूमा नेतृत्व कमजोर रहेको र कुशासनका कारण जनविश्वास घट्ने जोखिम रहेको उनले बताए । साथै पार्टीको सांगठनिक संरचना, आर्थिक अनुशासन सुधार्नुपर्नेमा जोड दिए ।

डा. महतले नेपाली कांग्रेसले मुलुकको आर्थिक रुपान्तरण र रोजगार सिर्जनामा अग्रसर हुनुपर्ने उल्लेख गर्दै, जनमत जोगाउन र संगठन एकता कायम गर्न नेतृत्वलाई आग्रह गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार