इटहरीमा पहिलो पटक आर्म रेस्लिङ किंग प्रतियोगिता सम्पन्न

आइतबार, २२ असार २०८२

इटहरी । सुनसरीको इटहरीमा पहिलो पटक आर्म रेस्लिङ किंग प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल तरुण दल, इटहरी उपमहानगर समिति द्वारा आयोजित उक्त प्रतियोगितामा १५० भन्दा बढी युवाहरूले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा आकाश अधिकारी प्रथम स्थान हासिल गर्दै नगद एक लाख रुपैयाँ र ट्रफीसहित प्रमाणपत्रबाट सम्मानित भएका छन् । द्वितीय स्थानमा रोहन श्रेष्ठ र तृतीय स्थानमा आयुश विक्रम शाह रहेका छन् जसलाई क्रमशः ४० हजार र २० हजार रुपैयाँसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।

WhatsApp Image 2025-07-06 at 3.37.19 PM

प्रतियोगिताको आयोजक समितिका अध्यक्ष अनीश सुवेदीले भने, “खेलकुदमार्फत युवाहरूलाई अनुशासन, मर्यादा र स्वास्थ्यप्रति जागरूक बनाउन र लागूऔषध तथा दुव्र्यसनीबाट मुक्त बनाउन यो प्रतियोगिता आयोजना गरिएको हो ।”

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले पनि युवाहरूलाई खेलकुद क्षेत्रमा अगाडि बढ्न महत्वपूर्ण सहयोग गर्ने बताए । उनले खेलकुदको माध्यमबाट युवा सशक्तिकरणमा जोड दिनुपर्नेमा बल दिए ।

प्रतियोगिताले इटहरीका युवाहरूमा खेलप्रति रुचि बढाएको साथै स्वस्थ र अनुशासित जीवनशैली अपनाउन प्रेरणा प्रदान गरेको आयोजकहरूले बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार