विराटनगर । मोरङको रंगेलीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रणमा लिन खोज्दा प्रहरीले एक राउन्ड हवाइ फायर गरेको प्रहरीले जनाएको छ ।
यस घटनामा मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही स्थानका ३८ वर्षीय सुशिल बुढाथोकी र एक भारतीय महिलालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको छ । भारतीय महिलाको पहिचान अहिलेसम्म खुल्न सकेको छैन ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोलीलाई रंगेलीमा खटाइएको थियो । प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखेको छ ।
प्रतिक्रिया