ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर पौडेल

आइतबार, २२ असार २०८२

 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने टिप्पणी गरेका छन् ।

पछिल्लो तीन दशकमा बैङ्कबाट ऋण कसरी प्रवाह हुन्छ भनेर परीक्षण गरिसकेकाले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने उनको भनाइ थियो ।

अर्थ समितिको आइतबारको बैठकमा उनले बैंकमा पर्याप्त तरलता रहेपनि व्यवसायी र किसानसँग पर्याप्त सीप क्षमता नभए त्यसको माग हुन नसक्ने उल्लेख गरे । गभर्नर पौडेलले देशको विकासलाई अघि बढाउन वित्तीय नीतिमै सुधार गर्नुपर्ने उनले बताए ।

‘देशको विकासलाई अघि बढाउने भनेको वित्तीय नीतिले नै हो । वित्तिय नीतिले लिड लियो भने मात्रै हामीले कदममा कदम मिलाउने हो ।  बैंकमा पर्याप्त तरलता रहे पनि व्यवसायी र किसानसँग पर्याप्त सीप क्षमता नभए त्यसको माग हुन सक्दैन । मृगको सङ्ख्या नबढाई बाघको सङ्ख्या बढ्दैन । ऋण दिँदैमा व्यवसायी सफल भएर निस्किँदैन उनले भने ’ ।

सांसद भगवती चौधरीले सानो पुँजी भएका वित्तीय संस्थालाई दुई प्रतिशतको व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताइन् ।

‘वित्त कम्पनीहरु स्लो मोसनमा अगाडि बढ्यो होला । २ प्रतिशत एकैचोटि धेरैलाई गर्दा एक प्रतिशत पनि बाँडफाँट गर्न पर्नेभयो । बैंकरहरुले कर्जा लिन नपाउने हुँदा  २ प्रतिशतमा राख्दै राम्र्रो हुन्छ भन्ने लाग्छ,’उनले भनिन् । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बैङ्कहरू सरकारी स्वामित्वको मात्रै हुनुपर्ने माग राखेका थिए । 

‘पार्टीले देश सन्चालन गर्ने हो । दर्शन, सिद्धान्त र व्यवहारको आधारमा देश चल्दैन । त्यही भएर अर्थतन्त्र पनि त्यही बाटोमा गएको छ । अर्थतन्त्र जसले हात पार्छ राजनीति पनि उसले नै हात पार्ने भए त दर्शन, सिद्धान्त काम लाग्दैन । कसैले बैकं खोलेर राजनीति गर्छ भने कसैले फरक तरिकाले गर्छ । निजी बैकंहरु र वित्तिय संस्था स्थापना गर्ने होइन । बैङ्कहरू राज्यकै स्वामित्वको मात्रै हुनुपर्छ,’उनले भने   ।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार