प्रिमियर वायर्सको २५ औँ स्थापना दिवस सम्पन्न, पारस खड्का ब्रान्ड एम्बासडरमा नियुक्त

सोमबार, २३ असार २०८२

विराटनगर : प्रिमियर वायर्स प्रा.लि.ले भव्य समारोहका बिच आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ ।

सो अवसरमा कम्पनीले नेपाली खेलकुदमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्कालाई आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको घोषणा गरेको छ । खड्काले आफूलाई दिइएको भूमिकाले नेपाली उत्पादनप्रतिको भरोसा थप बलियो पार्ने प्रतिबद्धता जनाएका छन् ।

WhatsApp Image 2025-07-07 at 10.42.14 AM (2)

समारोहमा कम्पनीका निर्देशक सौरभ सारडाले २५ वर्षअघि प्रारम्भमा भोगेका आर्थिक, प्राविधिक र बजारका चुनौतीहरू स्मरण गर्दै अगुवाहरूको जोखिमपूर्ण निर्णयले आजको उचाइ सम्भव भएको बताए । “डिलर, कर्मचारी र उपभोक्ताबिच पानी–माछाको सम्बन्ध कायम राख्दै अघि बढ्नेछौँ,” उनले भने ।

WhatsApp Image 2025-07-07 at 10.42.13 AM (2)

सो अवसरमा नेपालभरिका डिलरहरूसँग डिलर मिटका साथै प्रिमियर पार्टनर समिट २०२५ कार्यक्रम समेत गरिएको छ । स्थापना दिवसले प्रिमियर वायर्सलाई उद्योग–विस्तार, खेलकुद प्रवर्द्धन र साझेदारमैत्री अभियान सुदृढ गर्ने नयाँ मोड दिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पवनकुमार सारडा, सारडा समूहका अध्यक्ष शिव रत्न सारडाका, प्रमुख अतिथि पूर्वमन्त्री अमनलाल मोदी र विशिष्ट अतिथि पूर्व राष्ट्रिय क्रिकेट कप्तान तथा हाल क्यानका सचिव पारस खड्का,  नेपाल उद्योग परिसंघका राष्ट्रिय उपाध्यक्ष, नेपाल विद्युतिय व्यवसायी महासङ्घकाका अध्यक्ष रेसम देवकोटा लगायतका पदाधिकारीको उपस्थितिमा दिवस मनाइएको हो ।

WhatsApp Image 2025-07-07 at 10.42.14 AM (1)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार