जोगवनीबाट खैरो हेरोइन लिएर आउँदै गरेका २ जना विराटनगरबाट पक्राउ

विहीबार, २६ असार २०८२
साङ्केतिक तस्बिर

विराटनगर । भारतको जोगवनीदेखि लागुऔषध लिएर आउँदै गरेका २ जनालाई प्रहरीले विराटनगरबाट बुधबार साँझ पक्राउ गरेको छ । 


संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३३ वर्षीय श्यामबहादुर पौडेल र मोरङको बूढीगंगा गाउँपालिका–३ का ३७ वर्षीय बिन्दुराज महत्रा पक्राउ परेको प्रहरीले जनाएको छ । भारतको जोगवनीबाट पैदल नै नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । 


दुवै जनालाई विराटनगर महानगरपालिका–१६ स्थित ३ नम्बर ढाटनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट १३ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । 


पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार