सुनसरीबाट ५ केजी गाँजा सहित दुई युवक पक्राउ

विहीबार, २६ असार २०८२

सुनसरी । सुनसरीको देवानगंज गाउँपालिकाबाट लागू औषध गाँजा सहित दुई युवक पक्राउ परेका छन । प्रहरीले करिब ५ केजी गाँजा जस्तो देखिने पदार्थ सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले देवानगंज–२ स्थित गुरुदयाल यादवको घरमा गाँजा लुकाई राखिएको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा गोठघरमा मकैको ढोडभित्र बोरामा छोपेर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले गुरुदयाल यादवका २० वर्षीय छोरा प्रकाश यादव  र  १९ वर्षीय धिरज यादवलाई पक्राउ गरेको हो। उनीहरूलाई बरामद गाँजा सहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार