ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

विहीबार, २६ असार २०८२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड दोस्रो पटक अन्तर्राष्ट्रिय प्रतिष्ठित म्यागाजिन ग्लोबल फाइनान्स को “बेष्ट बैंक अवार्ड २०२५” बाट सम्मानित भएको छ।

यसअघि सन् २०२४ मा पनि यही अवार्ड प्राप्त गरेको ग्लोबल आइएमई बैंक लगातार दुई वर्षसम्म ग्लोबल फाइनान्सद्वारा “नेपालको उत्कृष्ट बैंक” घोषित भएको हो। बैंकको वित्तीय विश्वसनीयता, पहुँच विस्तार, ग्राहक सेवा तथा रणनीतिक सम्बन्ध जस्ता मापदण्डका आधारमा यो अवार्ड प्रदान गरिएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्मानले आफूहरूलाई अझ सशक्त र जिम्मेवार सेवा प्रदान गर्न हौसला मिलेको बताउँदै समस्त नियामक निकाय, शेयरधनी, कर्मचारी तथा ग्राहकप्रति आभार प्रकट गरेका छन्।

नेपालसहित एशिया, अफ्रिका, युरोप, अमेरिका आदि क्षेत्रका उत्कृष्ट बैंकहरुलाई समावेश गर्दै ग्लोबल फाइनान्सले यो अवार्ड प्रदान गर्दै आएको छ। यससँगै ग्लोबल आइएमई बैंक यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली बैंक बनेको छ।

यस अघि पनि ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले अहिलेसम्म यस अवार्डसहित बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ । 

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार