योगीको ‘रेटेर जिन्दगी’ सार्वजनिक

विहीबार, ०७ बैशाख २०८०
काठमाडौं । गीतकार वसन्त योगीको नयाँ आधुनिक गीत “रेटेर जिन्दगी” सार्वजनिक भएको छ । चर्चित गायक रुवस्पराज आचायृको स्वरमा रहेको गीत बुधबार सार्वजनिक गरिएको हो । गीतमा एसडी योगीले संगीत भरेका छन् भने संगीत संयोजन आशिष अविरलले गरेका हुन् । योगीको आफ्नै यूटुब च्यानल एसआरआई क्रिएशनबाट सार्वजनिक भएको गीतमा बिछोडिएको माया प्रेमको भावलाई समेटिएको छ । यो गीतले आधुनिक संगीत मन पराउने श्रोताकोे मन जित्ने गीतकार योगीको विश्वास छ । पत्रकारिता क्षेत्रमा क्रियाशील योगी पछिल्लो समय गीत लेखन तथा साहित्यमा पनि सक्रिय छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार