मातातीर्थ औँसीको अवसर पारेर ‘ए मेरी आमा’ सार्वजनिक

विहीबार, ०७ बैशाख २०८०
काठमाडौँ । आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘गणपति’ । आज बिहीबार मातातीर्थ औँसीको अवसर पारेर फिल्मको ‘ए मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ । संवादसहित तयार गीतमा अभिनेता मुकुन भुसाल र सुर्यमाला खनालको अभिनय छ । फिल्मको निर्देशन सबिन अधिकारीले गरेका हुन् । निर्देशक अधिकारीकै शब्द तथा सङ्गीत रहेको गीतमा प्रवीण भेडुवालको स्वर छ । कोही व्यक्ति कुनै बेला त्यही समाजको भगवान् बन्ने र उही व्यक्तिलाई हाम्रै समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने विषय कथाको रूपमा फिल्मले उठाएको छ । फिल्ममा मुकुनको अलावा मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतको अभिनय रहेको छ । फिल्मका निर्माता लक्ष्मण थापा हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार