समृद्धिका लागि सकारात्मक सोच र समन्वय अपरिहार्य : मुख्यमन्त्री कार्की

सोमबार, २६ साउन २०८२

धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको मूल आधार सकारात्मक सोच र सरकारका तीनवटै तहबीचको प्रभावकारी समन्वय भएको बताएका छन् । सोमबार धरानमा आयोजित सुनसरी उद्योग वाणिज्य संघको नव–निर्वाचित पदाधिकारीहरूको पदस्थापन समारोहमा बोल्दै उनले समाजमा निराशा फैलाउने नकारात्मक सोचले विकासलाई दिशाहीन बनाउने बताएका हुन् । 

मुख्यमन्त्री कार्कीले धरानलाई कोशी प्रदेशको पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना रहेको उल्लेख गर्दै खानेपानी समस्याको समाधानका लागि चारवटा डिप बोरिङमार्फत दैनिक करिब ६० लाख लिटर पानी आपूर्ति गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार दुई ठूला दलको सरकार बनेपछि प्रदेशको राजस्व २५ प्रतिशतले र निर्यात व्यापार ८७ प्रतिशतले वृद्धि भएको छ । चालु मौद्रिक नीतिलाई व्यवसायमैत्री बताउँदै उनले उद्योग क्षेत्र थप सहज हुने विश्वास व्यक्त गरे ।

शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत क्षेत्रमा सन्तुलित विकासका लागि बजेट र अधिकारको प्रभावकारी उपयोग गर्ने र निजी क्षेत्रसँग सहकार्य गरेर आर्थिक प्रगति तीव्र बनाउने तयारी भइरहेको मुख्यमन्त्री कार्कीले बताए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार