पानी पार्ने प्रणाली सरेपछि कमजोर बन्यो मनसुन, छैन भारी वर्षाको सम्भावना

शुक्रबार, ३० साउन २०८२

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन क्रमशः कमजोर हुँदै गएको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ। महाशाखाका अनुसार, सुदूरपश्चिम र पहाडी क्षेत्रका केही स्थानमा तथा तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत पहाडी भूभागमा बदली रहने र अन्यत्र आंशिक बदली हुनेछ। गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, तथा यातायात सेवा प्रभावित हुन सक्ने भन्दै सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार