पाटन (ललितपुर) : इन्ट्रा फाउन्डेसनद्वारा आयोजित ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन–२ को ग्राण्ड फिनाले सम्पन्न भएको छ ।
ललितपुरको सनराइज सम्मेलन केन्द्र, गोदावारीमा सम्पन्न भव्य कार्यक्रममा मेरो भ्वाइस युनिभर्स सिजन–२ का विजेता प्रथम गुरुङ र मेरो डान्स युनिभर्स सिजन–२ की विजेता रिस्ता गुरुङ घोषित भएका छन् ।
विजेताले जनही रु एक करोड नगद पुरस्कार, रु २५ लाख बराबरको जीवन बीमा, हवाई टिकटसहित विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।
फस्ट रनरअप अमृता राई — रु २५ लाख नगद, सिटिजन्स लाइफबाट रु २० लाख बराबरको जीवन बीमा
सेकेन्ड रनरअप सीतु महर्जन — रु १० लाख नगद, रु १५ लाख बराबरको बीमा
थर्ड रनरअप सुरज सिंजाली मगर — रु ६ लाख नगद, रु १० लाख बराबरको बीमा
फोर्थ रनरअप सुशना कोइराला — रु ५ लाख नगद, रु १० लाख बराबरको बीमा
फिफ्थ रनरअप साजन पाख्रिन तामाङ — रु ४ लाख नगद, रु १० लाख बराबरको बीमा
फस्ट रनरअप टोपराज तामाङ — रु २५ लाख नगद, रु २० लाख बराबरको बीमा
सेकेन्ड रनरअप जुनु प्रसाईँ — रु १० लाख नगद, रु १५ लाख बराबरको बीमा
थर्ड रनरअप बाङ्गे गुरुङ — रु ६ लाख नगद, रु १० लाख बराबरको बीमा
फोर्थ रनरअप प्रशान्त पोखरेल — रु ५ लाख नगद, रु १० लाख बराबरको बीमा
फिफ्थ रनरअप दीपराज राई — रु ४ लाख नगद, रु १० लाख बराबरको बीमा
विजेता भुटनिज रेफुजी डान्स ग्रुप — रु २५ लाख र गिफ्ट ह्याम्पर
फस्ट रनरअप मनास्लु वर्ड कलेज — रु १५ लाख
सेकेन्ड रनरअप युमा महारानी नृत्य समूह — रु १० लाख
थर्ड रनरअप नेपाल प्रहरी — रु ५ लाख
फोर्थ रनरअप तरेली सांस्कृतिक ग्रुप — रु ३ लाख
विजेताहरूलाई सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत अतिथिहरूले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए ।
प्रतिक्रिया