काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने गणेश चतुर्थीको अवसरमा आज देशभरका गणेश मन्दिरहरूमा भक्तजनको भिड लागेको छ । सोही क्रममा भक्तपुरको सूर्यविनायक स्थित गणेश मन्दिरमा पनि बिहानै देखि भक्तजनहरुको भिड लागेको छ । मन्दिरमा बिहानै नृत्य पूजासमेत गरिएको थियो । नृत्य पूजा सम्पन्न गरेपश्चाल मन्दिरमा दर्शनार्थीलाई दर्शन गर्न दिइएको हो । हरितालिका तिज पर्वको भोलिपल्ट गणेश चतुर्थी मनाइन्छ ।
प्रतिक्रिया