काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा २ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया