आज गणेश चतुर्थी: नवनिर्मित पञ्चमुखी गणेश ७ तस्बिरमा हेर्नुहोस्

बुधबार, ११ भदौ २०८२

पोखरा,१८ स्थित सराङकोटमा निर्माण भएको ६१ फिट अग्लो पञ्चमुखी गणेश मूर्ति सराङकोट नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । २०८१, १७ फागुनमा उद्घाटन भएको यस मूर्तिले उक्त क्षेत्रमा पर्यटन प्रवर्द्धनमा नयाँ आकर्षण थपेको छ । हिमशृङ्खला र सूर्योदयको मनमोहक दृश्यले वर्षैदेखि पर्यटकलाई आकर्षित गर्दै आएको सराङकोट अब धार्मिक गन्तव्यका रूपमा विकसित हुँदैछ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले ५६ रोपनी जमिनमा, ४० करोड लगानीमा उक्त पूर्वाधार बनाइएको हो । पोखराको सराङकोट धाममा निर्माण भएको पञ्चमुखी गणेश मूर्ति एवं देवालयको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए । 

Photo (1) (7)_11zonPhoto (2) (6)_11zonPhoto (5) (4)_11zonPhoto (7) (5)_11zonPhoto (6) (5)_11zonPhoto (4) (6)_11zon

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार