डडेल्धुरा । आज बिहान डडेल्धुरामा भएको जिप दुर्घटनामा मृत्यु हुने चारजनाको सनाखत भएको छ ।
दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको हो । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
घाइते हुनेमा १८ वर्षीया सुशिला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद छन् । सुशिला विक र जिप चालक रामबहादुर साउदको अवस्था गम्भीर छ ।
बिहान डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।
प्रतिक्रिया