वीरगन्ज : भारतको बिहार राज्यअन्तर्गत बेतिया निवासी १८ वर्षीया निशा कुमारी सहनीमाथि वीरगन्ज भन्सार क्षेत्रमा अज्ञात व्यक्तिहरूद्वारा गोली प्रहार भएको छ ।
प्रारम्भिक जानकारी अनुसार घटना नेपाल–भारत सीमा नजिकको वीरगन्ज भन्सार क्षेत्रमै भएको हो । निशा कुमारी गोलु सहनीकी छोरी हुन् ।
घटनापछि उनलाई तत्काल वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य रहेको र उपचार जारी रहेको बताइएको छ ।
पर्सा प्रहरीले गोली प्रहार गर्ने प्रदिप शर्मालाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
नेपाली सुरक्षाकर्मी र अनुसन्धान टोली घटनास्थलमा खटिएको छ भने सीमा क्षेत्रमा सुरक्षा सतर्कता पनि बढाइएको छ ।
प्रहरीले दोषीलाई छिट्टै कानूनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यो घटना नेपाल–भारत सीमा क्षेत्रमा पुनः सुरक्षा चुनौतीको संकेतका रूपमा लिइएको छ ।
प्रतिक्रिया