स्कुटर चालकको घटनास्थलमै मृत्यु भएपछि टिपरमा आगजनी

सोमबार, २३ भदौ २०८२

विराटनगर : विराटनगरको तीनपैनीमा सोमबार साँझ  दुर्घटना हुँदा स्कुटर चालक वृद्धको मृत्यु भएको छ । घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन् ।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४५१४ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको को २७ प ८५३४ नम्बरको स्कुटरलाई विराटनगर महानगरपालिका–२ तीनपैनीमा पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक मोरङको कटहरी गाउँपालिका–१ जमकोटीका ७६ वर्षीय सुदीशनारायण झाको घटनास्थलमै मृत्यु भएको हो ।

स्कुटर चालकको मृत्यु भएपछि भिड आक्रोशित बनेर टिपरमा आगजनी गरेको थियो । आगलागीबाट टिपरको अगाडिको भाग जलेको भए पनि प्रहरीले तत्कालै नियन्त्रणमा लिएपछि ठूलो क्षति हुन पाएन ।

घटनापछि टिपर चालक मोरङको ग्रामथान गाउँपालिका–७ का ३१ वर्षीय सजन चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ । टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार