सरकारको औचित्य सकिएको भन्दै रास्वपाद्धारा ताजा जनादेशको माग

सोमबार, २३ भदौ २०८२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी पुस्ताद्वारा आयोजित प्रदर्शनमा भएको सरकारी दमनप्रति कडा आपत्ति जनाउँदै प्रधानमन्त्रीको तत्काल राजीनामा माग गरेको छ।

आज जारी गरिएको विज्ञप्तिमा रास्वपाले निहत्था युवामाथि सरकारको बर्बर प्रहारलाई आमहत्याको संज्ञा दिंदै घोर निन्दा गरेको छ। विज्ञप्तिमा भनिएको छ– “आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यसको जनप्रतिवाद हुनेछ।”

रास्वपाले घटनाको निश्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने र गृहमन्त्रीसहित सबै दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेको छ। साथै, नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको संघीय संसद् असफल भएको दाबी गर्दै संसद्ले वैधता गुमाएको निष्कर्ष निकालेको छ।

पार्टीले ताजा जनादेशको माग गर्दै, आन्दोलनमा मारिएका जेनजी युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न आग्रह गरेको जनाएको छ।

viber_image_2025-09-08_18-52-11-383

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार