जेन–जी प्रदर्शन : मृत्यु हुनेको संख्या १९ पुग्यो

सोमबार, २३ भदौ २०८२

काठमाडौं : काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । 

बानेश्वरमा भएको आन्दोनमापरी १९ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए ।

उनको अनुसार दुई सय ५६ जना घाइते भएका छन् । 

उनले भने,‘अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुई सय ५६ जना घाइते र २२ जना गम्भीर घाइते छन् ।’

यसका साथै इटहरीमा पनि २ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार