काठमाडौं : देशभरि जारी जेनजी आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) का परीक्षा स्थगित गरेको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार भद्र २४, २५ र २६ गते सञ्चालन हुने परीक्षा असहज परिस्थितिका कारण स्थगित गरिएको हो। त्रि.वि. केन्द्रीय परीक्षा संचालक समितिको आकस्मिक बैठकले स्थगित परीक्षा क्रमशः असोज २, ४ र ५ गते सोही समय र परीक्षा केन्द्रमा सञ्चालन गर्ने निर्णय गरेको छ।
साथै, अन्य मितिका परीक्षा भने पूर्वनिर्धारित कार्यक्रमअनुसार यथावत सञ्चालन हुने जनाइएको छ। विश्वविद्यालयले विद्यार्थीहरूको सुरक्षा र परीक्षा संचालनको सुचारु व्यवस्थालाई ध्यानमा राख्दै यो निर्णय गरेको जनाएको छ।
प्रतिक्रिया