काठमाडौं : गृहमन्त्री रमेश लेखकले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो राजीनामा पेश गरेका छन्।
एक मन्त्रीका अनुसार मन्त्री लेखकले सोमबारको मन्त्रिपरिषद् बैठकमा राजीनामा बुझाएका हुन्। सोही दिन भएको जेनजी आन्दोलन हिंसात्मक बनेको थियो, जसका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन्।
लेखकले घटनामा आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै पदबाट राजीनामा दिएका हुन्। यसअघि उनले पार्टी बैठकमा पनि नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराइसकेका थिए।
प्रतिक्रिया