विराटनगर : विराटनगरमा जेनजी पुस्ताले थालेको आन्दोलनको प्रभाव शैक्षिक क्षेत्रमा समेत देखिएको छ । आन्दोलन तीव्र बनेपछि विराटनगरका शैक्षिक संस्था दुई दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सोमबार बसको सरोकारवालाको बैठकले बन्दबारे निर्णय गरेको हो । निर्णयअनुसार क्याम्पसहरू मंगलबार र बुधबार दुई दिनका लागि बन्द हुनेछन् भने विद्यालयहरू मंगलबार मात्र बन्द हुनेछन् ।
सोमबारको प्रदर्शनमा विद्यार्थीहरू आफ्नै विद्यालय–कलेजको पोसाकमा सहभागी भएका थिए । आन्दोलन नियन्त्रणबाहिर जान सक्ने आकलन गर्दै प्याब्सन, हिसानलगायतका शैक्षिक संघ–संस्थाले पनि विद्यालय र क्याम्पस बन्द गर्ने निर्णय लिएका हुन् ।
प्रतिक्रिया