गोरखा : जिल्लाको चुम उपत्यका विगत तीन दिनदेखि विद्युत् र सञ्चार सम्पर्कविहीन भएको छ ।
चुमनुब्री गाउँपालिका–७ मा रहेका छेकम, पारो, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी र छुलेगाउँका करिब तीन सय परिवारका आठ सयभन्दा बढी नागरिक तीन दिनदेखि विद्युत् तथा सञ्चार सम्पर्कविहीन भएको स्थानीय दोर्जे लामाले जानकारी दिए ।
गत आइतबार बिहानदेखि गाउँमा विद्युत्, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको उहाँले बताए । “कादुरी संस्थाले बनाएको लघुजलविद्युत् आयोजनाको पावरहाउस बिग्रिएर आइतबार बिहानदेखि विद्युत् उत्पादन बन्द भएको छ”, लामाले भने ।
सोही पावरहाउसबाट लगेको विद्युत्को लाइनले मोबाइलको टावर चलेको भन्दै उनले विद्युत् नभएपछि टेलिफोन र इन्टेरको टावर पनि नचलेको लामाले बताए ।
प्रतिक्रिया