काठमाडौं : नेपालमा भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी नेतृत्वमा भएको प्रदर्शनमा प्रहरीले घातक बल प्रयोग गरेको घटनाप्रति एम्नेनेस्टी इन्टरन्यासनलले आपत्ति व्यक्त गरेको छ।
प्रारम्भिक रिपोर्टअनुसार सो प्रदर्शनका क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको र सैयौं घाइते भएका छन्। एम्नेनेस्टी इन्टरन्यासनल नेपालका निर्देशक निरन्जन थपलियाले प्रहरीले गैरकानूनी रूपमा घातक बल प्रयोग गरेको भन्दै कडा शब्दमा निन्दा गरेका छन्।
थपलियाले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्।
प्रतिक्रिया