आन्दोलनमा घाइतेहरूको शीघ्र उपचार गर्न लागि सरकारलाई राष्ट्रपतिको आग्रह

सोमबार, २३ भदौ २०८२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा जनधनको क्षति भएको घटनाले आफू दुखीत भएको बताएका छन् । 

उनले घटनामापरी निधन भएका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गरे । 

उनले भने, ‘मुलुकको वर्तमान परिस्थितिको बारेमा गम्भिर चिन्ता व्यक्त गर्दै मुलुकभर आज भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकहरूको हताहत भएको घटनाले आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले घटनामा परी निधन भएका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गर्नुभएको  छ !’

राष्ट्रपति पैडेलले अप्रत्याशित रुपमा आज भएको यस्तो घट्नाले आफूलाई अत्यन्त चिन्तित तुल्याएको उल्लेख गर्दै आजको विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई अपिल समेत गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार