सरकारले गठन गर्यो जेन–जी प्रदर्शनबारे छानबिन समिति

सोमबार, २३ भदौ २०८२

काठमाडौं : सरकारले सोमबार भएको जेन–जी प्रदर्शनबारे छानबिन गर्न समिति गठन गरेको छ।

साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा भएका सम्पूर्ण घटनाको छानबिन गर्न समिति बनाउने निर्णय गरेको हो। समितिलाई १५ दिनभित्र अनुसन्धान सम्पन्न गरी सरकारलाई प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ।

त्यसैगरी बैठकले सामाजिक सञ्जालमाथिको तत्काल प्रतिबन्ध नखोल्ने निर्णय पनि गरेको छ।

प्रधानमन्त्री ओलीले बैठकमा सोमबारको प्रदर्शनबारे बिफ्रिङ गर्दै आन्दोलनमा केही व्यक्तिहरूको घुसपैठ भएको उल्लेख गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार