खुल्न थाले सामाजिक सञ्जाल, महावीर पुनको पनि आह्वान

सोमबार, २३ भदौ २०८२

काठमाडौं : सरकारको निर्देशनपछि सोमबार रातीबाट बन्द भएका फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल कतिपय इन्टरनेटमा पुनः खुल्न थालेका छन्।

यसैबीच समाजिक अभियन्ता महावीर पुनले सबै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई सामाजिक सञ्जाल तुरुन्त खोल्न आह्वान गरेका छन्।

उनले भनेका छन्, “तपाईंहरूले पापी सरकारले बन्द गर्न बाध्य पारेको सामाजिक सञ्जाल भद्रताका साथ आज्ञा उल्लंघन गर्दै तुरुन्त खोलिदिन हुन विनम्र अनुरोध गर्दछु। यदि सरकारले तपाईंहरूलाई कुनै कारबाही गर्‍यो भने म सरकारको विरुद्ध लड्ने अभियानको नेतृत्व लिएर लड्न तयार छु।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार