काठमाडौं : अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले संयुक्त विज्ञप्ति जारी गरी काठमाडौंसहित नेपालका विभिन्न स्थानमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
विज्ञप्तिमा ज्यान गुमाउने दुःखद घटना र कैयौं घाइते भएकामा संवेदनशीलता व्यक्त गर्दै पीडित परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ। साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
दूतावासहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन दोहोर्याउँदै सबै पक्षलाई अधिकतम संयम अपनाउन आह्वान गरेका छन्।
उनीहरूले परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया