अन्ततः सरकारले हटायो सामाजिक सञ्जालमाथिको प्रतिबन्ध

सोमबार, २३ भदौ २०८२
File Photo

काठमाडौं : सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्जालहरू खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्।

उनका अनुसार मन्त्रिपरिषद्को निर्णयसँगै फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल पुनः सञ्चालनमा आएका छन्।

तर, मन्त्री गुरुङले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे सरकारले कुनै पश्चाताप नगरेको स्पष्ट पारे। “राज्यको आवश्यकता अनुसार सरकारले निर्णय लिएको थियो, त्यसमा पश्चाताप छैन,” उनले भने।

यसअघि सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गरेको थियो, जसका कारण देशभर विरोध प्रदर्शन चर्किएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार