काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीप्रति तीव्र असन्तोष पोखेका छन्।
उनी आफ्नो आधिकारिक फेसबुक पेजमा लेख्दै प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनेका छन् –
“तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस। यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन। त नेता त के मान्छे पनि बन्न सकेनस्, आतङ्कवादी होस्।”
उनले आफ्नो पोस्टमा #kpoliisterrorist हैशट्याग प्रयोग गर्दै सरकारले गरेको दमनप्रति आक्रोश जनाएका छन्।
जेन–जी पुस्ताको आन्दोलन नियन्त्रणका क्रममा भएको गोली प्रहार र युवाहरूको मृत्युपछि बालेनले सरकार र प्रधानमन्त्रीको शैलीलाई ‘आतङ्कवादी’ करार गर्दै कठोर टिप्पणी गरेका हुन्।
यसअघि पनि मेयर शाहले सरकारका निर्णय र गतिविधि विरुद्ध खुलेर विरोध गर्दै आएका छन्।
प्रतिक्रिया