कांग्रेस सभापति देउवा दम्पतीमाथि कुटपिट

मंगलबार, २४ भदौ २०८२
Photo : Onlinekhabar

काठमाडौं : जेनजी आन्दोलन उग्र बन्दै जाँदा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा प्रदर्शनकारीको आक्रमणमा परेका छन्।

आन्दोलनकारीहरूले सिंहदरबार र संसद् भवन वरपरको क्षेत्रमा प्रदर्शन गर्दै देउवा दम्पतीलाई कुटपिट गरेको प्रहरीले पुष्टि गरेको छ। घटनामा उनीहरू घाइते भएको बताइए पनि विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

यसअघि जेनजी युवाहरूले शीर्ष नेताहरूको निवास र सरकारी संरचनामाथि तोडफोड गर्दै आगजनी गरेका थिए। पार्टी कार्यालयदेखि प्रहरी प्रभागसम्म आक्रमणका लहर देखिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार