काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा उत्पन्न विषम परिस्थिति शान्तिपूर्ण ढंगले समाधान गर्न सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्।
मंगलबार जारी अपिलमार्फत उनले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू वार्ता र संवादकै माध्यमबाट समाधान गर्न सकिने भएकाले संयमता अपनाउन आग्रह गरेका हुन्।
राष्ट्रपति पौडेलले भनेका छन्, “प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।”
उनले जेनजी आन्दोलनकारीका प्रतिनिधिसहित सबै सरोकारवालासँग वार्तामार्फत मार्ग खोज्न सकिने विश्वास व्यक्त गर्दै शान्ति र सहिष्णुताको आव्हान गरेका छन्।
प्रतिक्रिया