काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफू प्रधानमन्त्री बन्न तयार रहेको घोषणा गरेका छन्।
बुधबार जङ्गी अड्डा परिसरमा पत्रकारसँग कुरा गर्दै उनले युवाहरूले नेतृत्व दिन्छन् भने प्रधानमन्त्री बन्न आफू तयार रहेको स्पष्ट पारे।
हालै जेनजी युवाहरूको समूहले पूर्वमुख्य न्यायाधीश सुशीला कार्कीलाई नेतृत्वको प्रस्ताव गरेपछि हर्क साम्पाङ आफ्ना केही समर्थकसहित जङ्गी अड्डा पुगेका थिए। तर त्यहाँ जेनजीबीच नेतृत्वको विषयमा मतभेद देखा परेको थियो।
केही युवाहरूले बालेन साह नेतृत्व लिनुपर्ने धारणा राख्दा, अन्यले हर्क साम्पाङले नेतृत्व लिनुपर्ने बताएका थिए। यद्यपि, अर्को समूह भने कार्की नै अहिलेको परिस्थितिमा उत्तम विकल्प भएको बताइरहेको छ।
प्रतिक्रिया