काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसापछि वर्किङ भिसा पनि रोक लगाएको समाचार आएको छ । एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल यूएईले भिजिटर र वर्किङ दुवै भिसा बन्द गरेको बताएका छन् ।
उनका अनुसार यो निर्णय कति समयसम्मका लागि हुने हो भन्नेबारे ठोस जानकारी भने प्राप्त भएको छैन । हालको नेपालको राजनीतिक तथा सामाजिक अवस्थालाई मध्यनजर गरेर यूएईले यस्तो कदम चालेको हुनसक्ने आकलन गरिएको उनले बताएका छन् ।
हालै भिजिट भिसाको नाममा फ्रिलान्सर र बिचौलियामार्फत हुने ठगी धन्दा मौलाएको थियो । यसरी भिसाको नाममा नेपाली कामदारहरू ठगिने क्रम बढ्दै गएपछि पनि सरकारले कडाइ गरेको अनुमान गरिएको छ ।
तर अबुधाबीस्थित नेपाली दूतावासले भने यसबारे कुनै आधिकारिक जानकारी प्राप्त नभएको स्पष्ट पारेको छ ।
प्रतिक्रिया