निर्वाचनलाई निष्पक्ष बनाउन वातावरण तयार गर्ने सरकारको दायित्व : सञ्चारमन्त्री खरेल

मंगलबार, ०७ असोज २०८२

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैलाई भाग लिन पाउने वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

मङ्गलवार काठमाडौँमा आयोजित हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार गम्भीरतापूर्वक काम गरिरहेको बताए ।

उनका अनुसार निर्वाचन आयोगलाई आवश्यक सबै व्यवस्थामा सरकारले ढिलाइ नगरी सहयोग गर्नेछ ।

जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यकिन गरी त्यसमा संलग्नमाथि छानबिन गर्ने सरकारको प्राथमिकता रहेको मन्त्री खरेलले स्पष्ट पारे ।

उनले भने , “सबैले चुनावमा भाग लिन सक्ने वातावरण तयार गर्ने सरकारको दायित्व हो । त्यसलाई सरकारले अर्जुनदृष्टिमा राखेको छ ।”

उनका अनुसार जेनजी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र चुस्त-दुरुस्त सार्वजनिक सेवा प्रवाहका मुद्दालाई सरकारले प्राथमिकतामा राखेको छ ।

“सुशासन भनेको ठ्याक्कै सडक बनाएजस्तो होइन, तर जनताले महसुस हुनेगरी काम अघि बढ्छ,” उनले थपे ।

मन्त्री खरेलले सार्वजनिक सेवा प्रवाहलाई चुस्त(दुरुस्त बनाउन र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने सरकारको तयारी रहेको पनि बताए ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार