शारजाह : नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा पहिले ब्याटिङ गर्ने भएको छ । युएईको शारजाह क्रिकेट मैदानमा टस जितेका वेस्ट इन्डिजका कप्तान अकिल हुसैनले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।
नेपालको तर्फबाट कप्तानी रोहित पौडेलले सम्हालेका छन् । तर, सुरुआती ११ मा स्पीनर सन्दीप लामिछानेलाई समावेश गरिएको छैन ।
मुख्य प्रशिक्षक स्टुअर्ट लको नेतृत्वमा नेपालले मैदानमा उतारेको प्लेइङ–११ यसप्रकार छ :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, नन्दन यादव, करण केसी, सोमपाल कामी र ललित राजवंशी ।
नेपाली क्रिकेट इतिहासमै पहिलो पटक टेस्ट राष्ट्रसँग टी–२० शृंखला खेल्दैछ । नेपालले वेस्ट इन्डिजसँग तीन खेलको सिरिज खेल्ने तालिका छ । दोस्रो खेल सोमबार र अन्तिम खेल मंगलबार हुने तय भएको छ ।
प्रतिक्रिया