मिथिला बिहारीका वडाध्यक्ष विन्देस्वर यादवको गोली हानी हत्या

शुक्रबार, २८ कार्तिक २०८२

धनुषा : धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देस्वर यादवको अज्ञात समूहले गोली हानेर हत्या गरेको छ।

शुक्रबार साँझ करिब ६ बजे वडाध्यक्ष यादवमाथि अज्ञात व्यक्तिले नजिकै आएर गोली प्रहार गरेको र घटनापछि आक्रमणकारी फरार भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, जनकपुर लगिएको थियो। तर चिकित्सकको टोलीले उपचारको क्रममा नै उनको मृत्यु भएको पुष्टि गरेको हो।

प्रहरीले घटनास्थल वरपरको स्थलगत अनुसन्धान अघि बढाएको छ भने आक्रमणकारीको पहिचान र पक्राउका लागि खोजी तीव्र गरिएको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार