यूनिटी कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १४९ रनको लक्ष्य दिएको छ ।
दुबईको शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर पुरा खेल्दै ८ विकेट गुमाएर १४८ रन जोड्यो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले ३८ रनको योगदान दिए भने कुशल मल्लले दुई चौका र दुई छक्कासहित ३० रन प्रहार गरे । त्यस्तै, गुलशन झाले १६ बलमा दुई छक्का सहित २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ रन र सन्दीप जोराले ९ रन जोडे ।
बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले एकै ओभरमा तीन विकेटसहित कुल चार विकेट लिए । नवीन बिदाईसीले तीन विकेट झारे भने कप्तान अकिन हुसेनले एक विकेट हात पारे ।
अब वेस्ट इन्डिजले जीत हासिल गर्न १४९ रनको लक्ष्य पछ्याउने छ ।
प्रतिक्रिया