नेपालले यूनिटी कप टी–२० शृंखलाको पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ३८ रनको महत्वपूर्ण योगदान दिए भने कुशल मल्लले ३० रन जोडे । गुलशन झाले छिटो २२ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।
बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए भने नवीन बिदाईसीले ३ विकेट हात पारे ।
लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।
नेपालको बलिङ आक्रमण उत्कृष्ट रह्यो ।
टेष्ट राष्ट्रविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपालले शृंखलामा १–० को अग्रता बनाएको छ ।
नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल सोमबार हुनेछ ।
प्रतिक्रिया