सुनसरी प्रहरीले बरामद गर्‍यो ६३७ केजी गाँजा

आइतबार, १२ असोज २०८२

विराटनगर। सुनसरी प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–७, केराबारीस्थित पूर्व–पश्चिम राजमार्गको दक्षिणपट्टि सडक पेटीमा बेवारिसे अवस्थामा फेला परेको १८ बोरा गाँजा नियन्त्रणमा लिएको हो। 

प्रहरीका अनुसार आज (आइतबार) बिहानको राती करिब २ बजेर १० मिनेटमा अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले उक्त गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको हो। बरामद गरिएको गाँजाको तौल ६३७.४५ केजी (छ सय सैतिस किलो, पैतालिस ग्राम) रहेको जनाइएको छ।

बरामद सामग्रीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीले यस घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा कानुनी कारबाही प्रक्रियाका लागि अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार