स्कटल्याण्ड : स्कटल्याण्डमा अध्ययनरत नेपाली विद्यार्थीहरूको लागि यस वर्ष विजया दशमी (टीका) कार्यक्रम आयोजना हुने भएको छ । अध्ययनका लागि पुगेकी विद्यार्थी बर्षा खनालको पहलमा उक्त कार्यक्रम गर्न लागिएको हो ।
घरदेखि टाढा भए पनि संस्कार र संस्कृति जोगाउने उद्देश्यले आयोजना गरिने कार्यक्रममा टीका–जमरा आदानप्रदानसँगै नेपाली परिकार, गीत–संगीत र आत्मीय कुराकानी रहने आयोजकले जानकारी दिएका छन् ।
आमा–बुबाको हातबाट टीका पाउन नसके पनि दाजुभाइ–दिदीबहिनीबीच अपनत्व र आशीर्वाद साट्ने अवसर यसले दिने बताइएको छ ।
कार्यक्रम आगामी अक्टोबर २, दिउँसो ३ बजेदेखि हुने छ ।
हल बुकिङ गर्नुपर्ने भएकाले सहभागिताको लागि अग्रिम जानकारी दिन आयोजकले आग्रह गरेका छन् ।
कार्यक्रम निःशुल्क भए पनि विद्यार्थीहरूको सहभागिताले यसलाई संस्कृतिसँग जोड्ने आत्मीय जमघटको रूपमा अर्थपूर्ण बनाउने अपेक्षा गरिएको खनालले बताइन् ।
प्रतिक्रिया